बाँके, ४ जेठ । नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु भएको छ । नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा बसेका २४ वर्षीय युवकको आइतबार बिहान मृत्यु भएको हो ।
नरैनापुर–५ नयाँ बस्तीका ती युवक बैशाख ३० गते भारतबाट आएपछि क्वारेन्टाइनमा बसेका थिए । उनलाई वाकवाकी लागेको थियो ।
क्वारेन्टाइनमा उपचार नपाई युवकको मृत्यु भएको भन्दै स्थानीय बासिन्दाले विरोध जनाएका छन् । उनलाई अस्पताल लैजान स्थानीयले एम्बुलेन्सलाई खबर गरे पनि पीपीई नभएका कारण चालकले नेपालगञ्ज लैजान नमानेको स्थानीयले जानकारी दिएका छन् ।
तपाईको प्रतिक्रिया