काठमाडौं, १८ पुस । अन्नपूर्ण सुगर मिलले उखु किसानको सबै बक्यौता रकम एक महिनाभित्र तिर्ने लिखित प्रतिबद्धता गरेको छ ।
मिलका सञ्चालक राकेश कुमार अग्रवालले शुक्रबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा लिखित प्रतिबद्धता जनाएका हुन् ।
आन्दोलनरत किसानलाई बुधबार र बिहीबार गरेर ५० लाख रुपैयाँ उनीहरुको खातामा पठाइएको जानकारी दिए । उनले गरेको लिखित प्रतिबद्धता अनुसार पुस २५ गतेभित्र मिलले ५ करोड रुपैयाँ किसानको खातामा पठाउने छ ।
यस्तै माघको पहिलो साताभित्र थप ७ करोड रुपैयाँ किसानलाई भुक्तानी गर्ने र १८ गतेसम्म सबै रकम चुक्ता गर्ने प्रतिवद्धा अग्रवालले जनाएको स्रोतले बताएको छ ।
तपाईको प्रतिक्रिया