काठमाडौं, २ माघ । भारतले नेपालका लागि सिफारिस गरेका राजदूत विनयमोहन क्वात्राको एग्रिमो सरकारले स्वीकृत गरेको छ ।
हाल भारतका लागि फ्रान्समा राजदूत रहेका विनयमोहनले विगतमा काठमाडौंस्थित सार्क सचिवालयमा निर्देशकका रूपमा काम गरिसकेका छन ।
निवर्तमान राजदूत मञ्जीवसिंह पुरीको कार्यकाल सकिएपछि उनी राजदूतका रूपमा नेपाल आउने बाटो खुला भएको छ । दुई वर्षअघि फ्रान्स जानुअघि विनयमोहन भारतीय प्रधानमन्त्री कार्यालयमा थिए ।
तपाईको प्रतिक्रिया