कपिलवस्तु, ६ पुस । एम्वुलेन्स नजिक नभएपछि एक गर्भवती महिला गुडिरहेको ट्याक्टरमा सुत्केरी भएकी छन् ।
तराइको जिल्ला तथा कच्ची सडक भए पनि सबै वडा तथा गाउँमा पुगेको सडक छ तर गाउँपालिका क्षेत्र भित्र एउटा पनि एम्वुलेन्स नहुँदा उपचारमा जनतालाई सास्ती भोग्नु परेको छ ।
कपिवस्तुको विजयनगर गाउँपालिका वडा ५ कटुवा गाँउकी एक महिलाले ट्याक्टरमा नै बच्चा जन्माएकी छन् । सुत्केरी व्यथा लागेपछि अस्पताल ल्याउने क्रममा उनले ट्याक्टरमा नै बच्चा जन्माएकी हुन् ।
शनिबार विहान विजयनगर गाउँपालिका वडा नं. ५ कटुवा गाउँकी उर्मिला कोरी सुत्केरी व्याथाले छटपटाएपछि उनको परिवारले उनलाई सुत्केरी गराउन चन्द्रौटा ल्याउँदा उनको बच्चा जन्मिएको हो ।
तपाईको प्रतिक्रिया