सशस्त्र प्रहरी र एसएसबीबीच ५ बुँदे सहमति

समाचार

2/24/2020

रौतहट, १२ फागुन । रौतहटस्थित सशस्त्र प्रहरी र भारतीय सशस्त्र सीमा बलबीच ५ बुँदे सहमति भएको छ । भारतको बैरगनियामा भएको दुईपक्षीय बैठकमा उक्त सहमति भएको हो ।

दुईपक्षीय बैठकमा सिमावर्ती क्षेत्रमा सशस्त्र र एसएसबीको संयुक्त गस्ती गर्ने, दशगज्जा क्षेत्रको सफाई अभियानलाई निरन्तरता दिने, सीमा क्षेत्रमा अपराधिक गतिविधि न्युनीकरण गर्न सूचना आदानप्रदान गर्ने सहमति भएको छ । त्यस्तै सीमाक्षेत्रमा लागुऔषध ओसारपसार नियन्त्रण गर्ने, भूमिगत सशस्त्र समूहको गतिविधिमा निगरानी गर्ने सहमति भएको छ ।

रौतहटस्थित सशस्त्र प्रहरीबल र बैरगनियास्थित एसएसबीको दुईपक्षीय प्रयासबाट यसअघि रौतहटसंग जोडिएको ३२ किलोमिटर सिमाना तथा दशगज्जामा अतिक्रमण गरी दुबैतर्फका स्थानीयले निर्माण गरेका घर, टहरा, गोठ र दशगज्जामा भारतीय पक्षले राखेको विद्युतको पोल समेत हटाएको थियो ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ