राजविराज, १९ बैशाख । तिलाठी कोइलाडी गाउँपालिका र सि. एफ. एम. को सहकार्यमा रेडियो र अनलाइन माध्यमाबाट पठनपाठन सञ्चालन गरिएको छ ।
एसईई परीक्षामा सहभागी हुने र कक्षा ९ बाट १० मा जाने विद्यार्थीहरुका लागि एफ. एम. बाट “पाठशाला अपना घरेमे” नामक कार्यक्रम बिहीबारदेखि सञ्चालन गरिएको हो ।
लकडाउनका कारण विद्यालयहरु बन्द रहेकोले यस रेडियो कार्यक्रमबाट विद्यार्थीहरुको पठनपाठनमा निकै अभ्यास हुने शिक्षकहरुको भनाई छ ।
विद्यालयमा पठनपाठन सञ्चालन नभएसम्म प्रत्येक दिन ११ः ०० बजेदेखी १ः०० बजेसम्म कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ ।
दैनिक ४ ओटा विषयको पठनपाठन भइरहेको छ भने, एक घण्टिमा ३० मिनेटको समय दिई कक्षा सञ्चालन गरिएको छ ।
तपाईको प्रतिक्रिया