काठमाडौं, ४ चैत । प्रदेश २ को नामाकरणका लागि भएको मतदानमा प्रतिपक्षी दल नेपाली कांग्रेसको मिथिला भोजपुरा प्रस्ताव पनि प्रदेशसभामा अस्वीकृत भएको छ ।
नेपाली कांग्रेसको प्रस्ताव मिथिला भोजपुरामा १०७ सजना प्रदेशसभा सदस्यमध्ये मात्र २८ जना सांसदले मतदान गरेका छन् । यसअघि नेकपाको प्रस्ताव जानकी प्रदेशमा ३७ जना प्रदेश सांसदले मतदान गरेका थिए ।
अब मध्य मधेश र मधेश प्रदेश प्रस्तावमा मतदान हुन बाँकी छ । सत्तारुढ समाजवादी पार्टी र राजपा नेपाल मधेश प्रदेश हुनुपर्ने अडान सुरुदेखि नै राख्दै आएको छ । यता, नेपाली कांग्रेसले मिथिला भोजपुरा र केही सांसदहरुले मध्य मधेश भन्दै आएका छन् ।
अब सत्तारुढ दल समाजवादी र राजपाको मधेश प्रदेश प्रस्ताव दुई तिहाइले पास हुने सम्भावना बढेको दाबी गरिएको छ ।
तपाईको प्रतिक्रिया