काठमाडौं, ३० असार । भारतको विपक्षी दल कँग्रेस आईका प्रवक्ता अभिषेक मनु सिंघवीले प्रधानमन्त्री केपी शर्मा ओलीले मानसिक सन्तुलन गुमाएको टिप्पणी गरेका छन् । उनले ओलीलाई चीनको कठपुलती बनेर उसैको इशारामा बोलिरहेको आरोप समेत लगाए ।
आज सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै सिंघवीले ओलीले शुरुमा भारतको भू–भाग दाबी गरेको र त्यसपछि अयोध्या नेपालमा रहेको भनेको लेखेका छन् ।
सिंघवीले लेखेका छन, ‘नेपालका प्रधानमन्त्री ओलीले मानसिक सन्तुलन गुमाएको देखिदैछ या कठपुतली र सुगाले जसरी चीनले तयार गरिदिएको वाक्य बोलिरहेका छन् । शुरुमा उनले नेपालले कहिले दाबी नगरेको भूमि दाबी गरे । अहिले अयोध्या र रामराज्य नेपालभित्र रहेको पुनस्र्थापित गर्न खोजे ।’
तपाईको प्रतिक्रिया