कांग्रेस नेता निधि त्रिपाठीको अन्त्येष्ठिमा सहभागी

समाचार

1/3/2020

काठमाडौं, १८ पुस । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधि भारतका राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) का वरिष्ठ नेता डिपी त्रिपाठीको अन्त्येष्टिमा सहभागी भएका छन् ।

लामो समयदेखि अस्वस्थ त्रिपाठीको ६७ वर्षको उमेरमा नयाँदिल्लीमा निधन भएको हो । निधिले नयाँदिल्ली पुगेर स्वर्गीय त्रिपाठीप्रति श्रद्धान्जली अर्पण गरेका छन् ।

उत्तर प्रदेशको सुल्तानपुरमा जन्मिएका त्रिपाठीले तत्कालीन विद्रोही माओवादी र राजनीतिक दलहरुबीच १२ बुँदे सहमति गराउन भूमिका निर्वाह गरेका थिए ।

उनले ‘नेपाल ट्रान्जिसन ए वे फरवार्ड’लगायतका धेरै किताबसमेत लेखेका छन् ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ