कुटपिट गरी हत्या गरेको अभियोगमा सौतेनी आमा पक्राउ

समाचार

7/18/2020

रौतहट, ३ साउन । पाँच वर्षीय बालकलाई कुटपिट गरी हत्या गरेको अभियोगमा सौतेनी आमा पक्राउ परेकी छन् ।

देवाही गोनाही नगरपालिका–४ दोहर बस्ने गणेश सहनीको छोरा ५ वर्षीय कृष्ण सहनीको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै सौतेनी आमा २० वर्षीया फुली देवी सहनीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

फुली देवीले आफ्नो पट्टीको छोरालाई पिटेको विषयलाई लिएर कुटपिट गर्दा गम्भीर घाइते भएका कृष्णको सुकदेव चोकस्थित नेपाल तराई सिटी अस्पताल रौतहटमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको छ ।

ईलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट खटिएको प्रहरीले फुली देवीलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ