कटुवा पेस्तोल र गोलीसहित तीन जना पक्राउ

समाचार

12/30/2019

मोरङ, १४ पुस । बेलबारी नगरपालिका–५ कसेनी रामपुरबाट कटुवा पेस्तोल १ थान, गोली २ थान, सिमकार्ड १८ थान, मोबाइल ८ थान र विभिन्न पम्पेलट २ हजार १ सय थानसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सुन्दरहरैचा नगरपालिका–१० बस्ने कृष्ण चौलागाई भन्ने ५० वर्षीय नरेश चौलागाई, विराटनगर महानगरपालिका–८ बस्ने ३० वर्षीय क्षितिज पौडेल र पथरी शनिश्चरे नगरपालिका–३ सिद्धार्थ टोल बस्ने ५६ वर्षीय चिरन्जिवी धिताल रहेका छन् ।

उक्त स्थानमा हातहतियार सहित उनिहरूले चन्दा असुल गरी हिडेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरूलाई सुनसरी–मोरङ आयोजनाको नहर छेउ केराघारीमा लुकाई राखेको उक्त पेस्तोल र गोली सहित फेला पारी पक्राउ गरेको हो ।

साथै पक्राउ परेकामध्ये निज चौलागाई २०७६ भदौ २१ गते ईटहरी उपमहानगरपालिका–९ स्थित गोदावरी स्कुलको कम्पाउण्डमा र २०७६ भदौ २३ गते झापा विर्तामोड नगरपालिका–२ चारपाने चोकस्थित सहारा नेपाल सहकारी संस्थामा भएको बम बिष्फोटन घटनामा समेत संलग्न रहेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय मोरङ जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ