कटुवा पेस्तोल र गोलीसहित दुई जना पक्राउ

समाचार

7/15/2020

कैलाली, ३१ असार । धनगढी उपमहानगरपालिका–७ बेलीस्थित सडकबाट कटुवा पस्तोल १ थान र गोली १ राउण्डसहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा दाङ तुलसीपुर उपमहानगरपालिका–९ बस्ने निर्वाण भन्ने ४४ वर्षीय ओम प्रकाश पुन र डडेल्धुरा पर्शुराम नगरपालिका–७ घर भएकी पूर्णीमा भन्ने २७ वर्षीया गौरा धामी रहेका छन् ।

गोप्य सूचनाको आधारमा खटिएको विशेष प्रहरी टोलीले उनीहरु सवार प्रदेश २-०३-००५ प ९५९७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा पुनको झोलामा लुकाई छिपाई राखेको अवस्थामा उक्त पेस्तोल र गोली बरामद गरी उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ