कपिलवस्तु, २१ जेठ । कपिलवस्तुनगरपालिका–९ हर्नामपुर बस्ने ४५ वर्षीय श्यामनाथ तिवारीलाई कोदालो प्रहार गरी हत्या गरेको अभियोगमा बाणगंगा नगरपालिका–५ कोपुवा बस्ने ४८ वर्षीय रामलौटन चौधरीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
सामान्य बिवाद कारणचौधरीले कोदालो प्रहार गर्दा तिवारीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पिपरा र अस्थायी प्रहरी पोष्ट जहदीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया