कपिलवस्तु, १४ पुस । कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं. १ का वडा अध्यक्ष सुदिप पौडेलको अध्यक्षतामा गरिब, असहाय तथा विपन्न बृद्धबृद्धाहरुलाई जाडोबाट बच्नका लागि १०१ जनालाई कम्बल वितरण गरिएको छ ।
केही दिनदेखि घामको मुख देख्न नपाएको र अत्याधिक चिसोले असहाय तथा विपन्न बृद्धबृद्धाहरुको जीवनयापन नै गाह्रो भएकाले अरु त केही गर्न नसके कमसेकम कम्बल वितरण गरेर केही सहयोग गर्न पाएकोमा वडा अध्यक्ष पौडेलले खुशी व्यक्त गर्दै आगामी दिनमा अझै धेरै गर्ने आश्वासन समेत दिए ।
कार्यक्रममा कपिलवस्तु नगर प्रमुख किरण सिंहको प्रमुख आतिथ्यता तथा वडा सदस्यहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
वडा अध्यक्ष पौडेलले मानब सेवानै सबै भन्दा ठुलो सेवा रहेको र मानब सेवा गरेपछी मन्दिर एबम कुनै धार्मिक शक्तीपिठ धाउने कार्य गर्नु नपर्ने समेत बताएका थिए ।
तपाईको प्रतिक्रिया