कपिलवस्तुमा आगलागीबाट ३९ घरगोठ खरानी, करोडौंको क्षति

समाचार

4/3/2020

कपिलवस्तु २२ चैत । कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं १ गुगौली गाउँमा भीषण आगलागी हुँदा ३९ घरगोठ जलेर खरानी भएको छ ।

शुक्रबार अपराहन्न ४ बजेतिर आगलागी भएको थियो । स्थानीय काशीराम यादवको घरबाट आगो लागेको प्रहरीले जनाएकोे छ ।

यादवको घरमा खाजा बनाउन लाग्दा चुलोवाट हावा चलेपछि फुसको घरबाट आगोलागी फैलिएको जनाइएको छ ।

आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडाकुडा र नगद गरी एक करोड भन्दा बढीको क्षति भएको प्रहरीले अनुमान गरेको छ । क्षतीको विवरण संकलन गरी आवश्यक सहयोग र सहयोगी निकायमा समन्वय गर्ने वडा नं १ का अध्यक्ष इन्दर थारुले बताए ।

आगलागीबाट मानवीय तथा चौपाया क्षति नभएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक मधु नेपालले जानकारी दिए । आगोलागी भएपछि तौलिहवा बाट आगो निभाउन गएको दमकल पुग्दा गाउं नै सखाप परेको थियो ।

क्षतिको थप विवरण संकलन भैरहेको प्रहरीले जनाएको छ । कपिलवस्तुमा जाडो सकिन साथ वर्षेनी हावाहुरीको समयमा आगोलागीका घटना हुने गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ