कपिलवस्तुमा करिव ६ करोड बढीको राहत कोष, २२ हजार बिपन्न पविारलाई राहत दिने तयारी

समाचार

4/7/2020

कपिलवस्तु, २५ चैत । विश्वमा फैलिएको कोरोना संक्रमणको समयमा सरकारले लकडाउन गरेपछि उक्त समयमा विपन्न तथा ज्यालादारी खानेहरुका लागि समस्या परेपछि जिल्लामा हालसम्म ५ करोड ६४ लाखको राहत कोष स्थापना गरिएको छ ।

सो रकम जिल्लाका १० वटै पालिकाले बनाएको राहत कोष हो । सो कोषबाट २२ हजार बिपन्न पविारलाई राहत बाँड्न लागिएको हो ।

लगातार दुई सातादेखि जारी लकडाउनका कारण विपन्न परिवार मारमा परेपछि उनीहरुलाई राहत दिन कपिलवस्तुमा पालिकाहरुले धमाधम राहत कोष खडा गरेका छन् ।

राहत बितरणका लागि जिल्लाका १० वटै पालिकाले कोष खडा गरेर राहत बितरण कार्यबिधि बनाएका छन् । सबै पालिकामा बिपन्न पविारको लगत संकलन भई सकको छ । एक दुई दिन भित्र राहत बितरण गर्ने गरी पालिकाहरुले तयार गरेका जनाएका छन् ।

केही पालिकाहरुले राहत वितरण कार्य सूरु पनि गरिसकेका छन् । पालिकाले तय गरेको कोषमा नजी क्षेत्र तथा अन्य गैर सरकारी निकायहरुलाई सहयोग गर्नको लागी पालिकाहरुले सबैलाई अपिल समेत गरेका छन् ।

पालिकाहरुले राहत वितरण कार्यको लागी खरिद तथा बितरण समिति समेत बनाएका छन् । कपिलवस्तु नगरपालिका र बिजयनगर गाउपालिकाले एक एक करोडको राहत कोष खडा गरेका छन् । कपिलवस्तु नगरपालिका मेयर किरण सिंहले ५ हजार बिपन्न पविारलाई राहत दिने गरी तयारी गरिएको बताए ।

बिजयनगरका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भटराइका अनुसार १ करोडको राहत कोष स्थापना भएको छ । विजयनगरले राहत दिने मजदुरको विवरण पनि टुंगो लगाएको छ ।

त्यहा ८ सय ७४ जना दैनिक काम गरेर खाने मजदुरहरु रहेको विवरण आएको अध्यक्ष गोपाल वहादुर थापाले बताए । बुद्धुभुमी नगरपालिकाले ७५ लाखको बिपद ब्यबस्थापन कोष खडा गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ