कपिलवस्तु, २४ बैशाख । कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिकाअन्तर्गत पर्ने चाकरचौडा नाका र गौरा नाकामा भारतको मुम्बईबाट हिंडेर ४७ जना नेपालीहरु आएर अलपत्र परेका छन् ।
अलपत्र परेका अधिकाश ब्यक्तिहरु कपिलवस्तुका हुन् भने बाँकीका छिमेकी जिल्ला रुपन्देही र अर्घाखाँचीका रहेका छन् । उनीहरु भारतको मुम्बईबाट हिडेर आएको र आउने क्रम जारी रहेको अस्थायी प्रहरी पोस्ट चाकरचौडाका असई जनार्दन यादवले बताए ।
नेकपाका युवा नेता फैजल खान र स्थानीयबासीहरुको सहयोगमा उनीहरुलाई खाजा नास्ताहरु लगायतका सहयोग गरिराखेका छन् ।
अहिलेसम्म उनीहरुको उद्धारका लागि स्थानीय सरकार र प्रदेश सरकारको कुनै चासो नराखेको नेकपा युवा नेता फैजल खानले बताए ।
भारतको मुम्बईबाट हिडेर आएका नेपालीहरु दिनरात भोकभोकै बसेका छन । उनीहरुको स्थानीयस्तर प्रदेश स्तरबाट कुनै पनि सुनुवाई नभएको पिडितहरुले बताए ।
तपाईको प्रतिक्रिया