कपिलवस्तु, १६ पुस । कपिलवस्तुसहित देशभर ४४औं राट्रिय एकता तथा मेलमिलाप दिवस मनाइएको छ ।
नेपाली कांगे्रसमा मेलमिलापको साटो गुटउपगुट संस्थापक रुपमा मौलाउँदा जिल्लाका नेताहरुले चिन्ता व्यक्त गरेका छन् ।
नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला लगायतका नेताहरुले लामो समय भारतको निर्वासन जीवन अन्त्य गरी स्वदेश फर्किएको दिन पुस १६ गते हरेक वर्ष राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै आइएको छ ।
मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, लौहपुरुष गणेशमान सिंह, नेतृ शैलजा आचार्य र नेता खुमबहादुर खड्कालगायत मेलमिलापको नीति लिएर २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए ।
कपिलवस्तुमा मेलमिलाप दिवस नेपाली कांगे्रस जिल्ला कार्य समितिले तौलिहवास्थित पार्टी कार्यालयमा मनाएको छ । कार्यक्रममा बोल्दै पूर्वमन्त्री एवं पूर्वराजदुत दीपकुमार उपाध्यायले कांगे्रसमा मेलमिलाप दिवसबाट एक आपसमा रहेका समस्या समाधान गर्नु पर्ने बताए ।
साथै वर्तमान समयमा राष्ट्रियताका सवालमा सरकार मौन रहेको हुँदा सीमा समस्या जस्ता समस्या समाधान गर्नमा राजनीतिक दलहरु एक भएर लाग्नु पर्ने बताए ।
कार्यक्रममा बोल्दै पार्टी सभापति सुरेन्द्रराज आचार्यले पार्टीलाई जिल्लामा एक बनाएर लाने काम भैरहेको र नयाँ सरचनाअनुसार समायोजनका काम भैरहेको बताए । साथै जिम्मेवारीअनुसार जनताका समस्या समाधान गर्नका लागि कार्यकर्ताहरुलाई समेत आग्रह गरेका छन् ।
सो अवसरमा पूर्वपार्टी सभापति राजेश आचार्य, सुधाकर पाण्डेय, महिला संघकी केन्द्रीय सदस्य सुमित्रा शर्मा, रिना नेपाल, पार्टीका जिल्ला नेता प्रेम बहादुर रायमाझी, अब्दुल मन्नान खां, महेन्द्र कुमार पाठक, हुमकान्त खनाल, लोकनाथ शर्मा, प्रकाश गैरे, प्रकाश घिमिरे, ओजिह अरसद लगायतले मेल मिलापको बारेमा बोलेक थिए ।
तपाईको प्रतिक्रिया