कपिलवस्तुमा लागूऔषधसहित दुई जना पक्राउ

समाचार

3/7/2020

कपिलवस्तु, २४ फागुन । कृष्णनगर नगरपालिका–२ पिपलबोटबाट नियन्त्रित लागूऔषध नाईट्रोभेट ५५ ट्याबलेट र ट्रामाडोल ३ सय ट्याबलेट सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा दाङ घोराही उपमहानगरपालिका–१५ बस्ने २२ बर्षीय आशिष केसी र रोल्पा लिवाङ घर बताउने १८ बर्षीय बिमल डाँगी रहेका छन् ।

ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ