कपिलवस्तु, २ चैत । शिवराज नगरपालिका–५ बाट लागूऔषध चरेश १८ केजी ५ सय ग्रामसहित ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही ठाउँस्थित डेरा गरी बस्ने दाङ हाँसीपुर गाउँपालिका–२ बस्ने ३१ वर्षीय रमतुल्ला मियाँ, दाङ राप्ती गाउँपालिका–१ बस्ने ४१ वर्षीय जितमान मियाँ र रोल्पा सुनछहारी भित्रिगाम बस्ने ४१ वर्षीय गब्बी बुढा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया