कपिलवस्तु, २३ साउन । कपिलवस्तु प्रशासनले १० दिनका लागि निधेषाज्ञा जारी गरेको छ । कोरोना संक्रमण समुदायस्तरमै फैलिएर दिनहुँ संक्रमितको संख्या बढ्न थालेपछि स्थानीय प्रशासनले १० दिनका लागि निषेधाज्ञा जारी गरेको हो ।
प्रशासनले बैंक तथा बित्तिय संस्थाका कर्मचारीहरुसहित संक्रमित बढ्न थालेपछि शुक्रबार बिहान ५ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञा साउन ३२ गते राति १२ बजेसम्म लागू रहने छ ।
अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यालय, बैंक तथा बित्तिय संस्था र सार्वजनिक यातायातका सवारी साधन पुर्णरुपमा बन्द गर्ने निर्णय गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलको अध्यक्षतामा जिल्ला कोरोना विपद् ब्यवस्थापन समितिको प्रशासन कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो ।
तपाईको प्रतिक्रिया