कपिलवस्तमा १ सय ३२ जना पुगे संक्रमित

समाचार

5/29/2020

कपिलवस्तु, १६ जेठ । कपिलवस्तुको ३ स्थानीय तहमा २४ कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार विजयनगर गाँउपालिका ९ जना, कपिलवस्तु नगरपालिकामा १३ जना र महाराजगंज नगरपालिकामा १ जना थपिएका छन् ।

बाँकी एक जनाको भारतबाट कृष्णनगर आउने क्रममा कोरोना संक्रमण भएर मृत्यु भएका हो । उनको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण भएको पुष्टि भएको हो । उनको ठेगाना अर्घाखाची जिल्ला रहेको छ ।

पुष्टि भएकामध्ये विजयनगर गाउँपालिका वाड न.३ का वर्ष २३ र ३० का पुरुष २ जना, वाड न ५ का बर्ष २६ का पुरुष १ जना, वाड न ७ का बर्ष ४३, ५२, ३७, ३९, ४०, २७ का ६ जना पुरुष रहेका छन् ।

यसैगरी कपिलवस्तु नगरपालिका वाड न ७ का वर्ष २७ का पुरुष १ जना, वाड न ८ का वर्ष ३६, ४०, १७, ४४, २३, ३५, २५, २८, ३२, २५, ३४, २० का १२ पुरुष रहेका छन् ।

महाराजगन्ज नगरपालिका वाड न ७ वर्ष ३० का १ जना पुरुषमा समेत कोरोना भएको छ । यो थप भएसंगै जिल्लामा कोरोना संक्रमण हुनेको संख्या १ सय ३२ पुगेको छ ।

एक जना अर्घाखाँची जिल्लाका रहेका छन् । कपिलवस्तु जिल्लामा दिनहुँ भारतको सीमाबाट नेपालीहरु आउने क्रम जारी रहेको छ । सोही क्रममा परीक्षणको अझै गति लिन सकेको छैन । परिक्षणको दायरा बढेमा जिल्लामा अझै संक्रमणको संख्या बृद्धि हुने स्वास्थ्यकर्मी बताउँछन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ