कपिलवस्तुमा २ जनामा कोरोनाको शंका

समाचार

3/19/2020

कपिलवस्तु, ७ चैत । भारतीय भूमि हुँदै सीमा क्षेत्र कपिलवस्तुको मर्यादपुरबाट नेपाल प्रवेश गरेका दुई जनामा उच्च ज्वरो देखिएपछि क्वारेन्टाईन पठाउने तयारी गरेको छ ।

नेपाल प्रवेश गर्दै गरेका उनीहरुलाई कपिलवस्तु प्रहरीले नियन्त्रणमा लिई जिल्ला अस्पताल तौलिहवामा बुझाएको थियो ।

अस्पतालमा उनीहरुको स्वास्थ्य चेकजाँचपछि ज्वरो उच्च देखिएकोले उनीहरुलाई जिल्ला अस्पताल तौलिहवाले निर्माण गरेको महेन्द्र आधारभूत प्रावि तौलिहवाको क्वारेन्टाइनमा पठाएको छ ।

क्वारेन्टाईनमा चौध दिन राखेपछि मात्रै उनीहरुलाई आफ्नो घर जान दिइने बताइएको छ । दुई जनामध्ये एक जना बेलायतबाट भारत हुँदै नेपाल फर्किएका हुन भने अर्का पन्जाबबाट नेपाल फर्किएका हुन् ।

दुबैमा कोरोनाको लक्षण देखिएकाले क्वारेन्टाइनमा राखेर उपचार गर्ने व्यवस्था मिलाइएको प्रहरीको भनाई छ । कोरोना हो होइन भन्नेबारे पुष्टि हुन भने ल्याब परीक्षणका लागि पठाउने तयारी भैरहेको छ ।

२ जना स्थानीय तौलिहवा क्षेत्रका युवाहरु रहेको बुझिएको छ । यो शंकाको हल्लासँगै जिल्लामा कोरोनाको हल्लाले चिन्तित तुल्याएको छ । स्थनीय प्रशासन र स्वास्थ्यकर्मी हल्लाको पछाडी नलागी सावधानी अपनाउन आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ