कपिलवस्तु : आइसुरलेशनमा उपचारको क्रममा मृत्यु भएकाको रिपोर्ट निगेटिभ

समाचार

4/7/2020

कपिलवस्तु, २५ चैत । कोरोनाको आशंकामा कपिलवस्तु अस्पतालको आईसुलेशनमा उपचारको क्रममा मृत्यु भएका बिरामीको रिपार्ट नेगेटिभ आएको छ ।

सोमबार साँझ ८ बजे बिजयनगर गाउपालिका– २ जलैयाका ३० बर्षे गोभर्धन भरको मृत्यु भएको थियो ।

उनको स्वाब परीक्षणका लागि प्रादेशिक प्रयोगशला भैरहवामा पठाइएको थियो । मंगलवार १ वजे आएको प्रतिबेदनमा रिपार्ट नेगेटिभ देखिएको अस्पतालका मेडिकल सुप्रीटेन्डेन्ट डाक्टर किशोर बन्जाडेले बताए ।

यता कोरोना आशंकामा कपिलवस्तु अस्पालतालको आईसुलेशनमा उपचारत बिरामीको सोमवार मृत्यु भएको थियो । मृतक भर गत शुक्रबारदेखि आइसोलेशनमा थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ