कपिलवस्तु, ११ जेठ । कपिलवस्तु नगरपालिका प्रमुख किरण सिंह र यशोधरा गाउँपालिका प्रमुख गृजेश कुमार पाण्डेयको समायोजनमा कपिलवस्तु नगरपालिका वडा नं. ११ मा नवनिर्मित रेहरा स्वास्थ्य चौकीमा आइसोलेशन वाड सेन्टर निर्माण गरिएको छ ।
साथै नगरपालिका र गाउँपालिकाको विभिन्न स्थानमा आइसोलेशन वाड सेन्टर निर्माण गर्ने कार्य तिव्र रुपले भइरहेको कुरा कपिलवस्तु नगरपालिका प्रमुख किरण सिंहले बताए ।
कपिलवस्तु जिल्लामा कोरोना पोजिटिभ देखिएको अवस्थामा बुटवल पुर्याउनु पर्ने बाध्यतालाई मध्यनजर गरी आफ्नो कपिलवस्तु नगरपालिका र यशोधरा गाउँपालिकाको कोरोना पोजिटिभ बिरामीहरुलाई अब रेहरा स्वास्थ्यचौकीमा व्यवस्था गरिएको कुरा पनि उनले बताए ।
यस्तै अहिले जिल्लाको सबैभन्दा बढी कोरोना पोजिटिभ देखिएको यशोधरा गाउँपालिकाका प्रमुख गृजेश कुमार पाण्डेयले आफूहरुले २५ बेडको व्यवस्था कपिलवस्तु नगरपालिकाको संयोजनमा रेहरा स्वास्थ्यचौकीमा गरेको बताए ।
यस रेहरा स्वास्थ्य चौकी आइशोलेसन वाड सेन्टरको उद्घाटनमा वडा नं .११ का अध्यक्ष रामगोपाल यादव, वडा नं.८ का शिव कुमार पाण्डेय, वडा नं. ३ का प्रकाश पाण्डेय तथा समाजसेवी बलराम प्रसाद तिवारी, जमशेद खान र उक्त स्वास्थ्यचौकी जग्गादाता गौरी शंकर शर्मा लगायतको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया