कपिलवस्तु, २४ बैशाख । नेपाल–भारत सीमा क्षेत्र दशगजा क्षेत्र कपिलवस्तुको सीमावर्ती नाकाबाट मंगलबार मात्र २ सय सय बढी नेपाली नागरिक भारतबाट नेपाल आएका छन् । भारतमा कोरोना तीव्र रुपमा फैलिएसँगै नेपालका विभिन्न स्थानबाट भारतमा मजदुरी गर्न पुगेका सर्वसाधारण फर्केर नेपालतर्फ नियमित रुपमा आइरहेका छन् ।
भारतमा काम नपाउने कम्पनी बन्द हुने गरेपछि खान बस्न समस्या परेपछि अलपत्र परेपछि उनीहरु नेपाल फर्केका हुन् । भारत सरकारले सीमाबाट ती नेपालीलाई सहज रुपमा नेपाल छिर्न अनुमति दिएपछि अहिले उनीहरु क्पिलवस्तुको सीमा क्षेत्र चाकरचौडा, मर्जादपुर, कृष्णनगर लगायतका नाकामा अलपत्र अवस्थामा छन् ।
उनीहरु नेपाल छिरे पनि उनीहरुलाई क्वारेनटाइनमा राख्ने अथवा कहाँ व्यवस्थापन गर्ने भन्ने विषयमा प्रशासन मौन रहेको बताइएको छ । रातिसम्म उनीहरुलाई व्यवस्थापन गर्न नसके जिल्लामा कोरोनाको संक्रमण फैलन सक्ने खतरा छ ।
उनीहरुले भारतबाट निर्बाध रुपमा नेपाल छिर्न अनुमति पाएको र नेपाल आएको बताएका छन् । उनीहरुका अनुसार भारतीय सिमा सुरक्षा बल (एसएसबी) ले आफूहरुलाई घर पठाइदिन सहयोग गरेको बताइएको छ ।
भारतको महाराष्ट्र, दिल्ली, उत्तर प्रदेशलगायतमा कोरोना तीव्र रुपमा फैलिएकाले उनीहरु नेपाल छिरेपछि निकै त्रास बढेको छ । कपिलवस्तु प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएपनि व्यवस्थापन कसरी गर्ने भन्ने अन्यौल छ ।
भारतबाट भोकैप्यासै सीमा नाकाबाट नेपाल छिरेका उनीहरुले आफुहरु विचल्लीमा परेको दुखेसो पोखेका छन् । धेरैदिनसम्म पेटभरी खान नपाएको, विष्कुट र चाउचाउको सहायताले बोर्डरसम्म आएको उनीहरु बताएका छन् ।
प्रशासनले पनि उनीहरुलाई क्वारेनटाइनमा राख्ने अथवा घर फर्काउने भन्नेबारे ठोस निर्णय लिइसकेको छैन् । विभिन्न नाकामा रहेका नेपालीहरु अलपत्र परेपछि गाउंमा छिर्दा कोरोनाको त्रास फैलने समस्यात्यस्तै भित्रिननदिा नेपालीनागरिक भौकै वस्न परेको वाध्यता रहेको यशोधरा गाउंपालिका वडा नं ७ का अध्यक्ष चन्द्र प्रकाश दुवेले बताए ।
स्थानीयका अनुसार उनीहरुलाई समयमा व्यवस्थित नगरेमा भागेर जाने खतरा रहेको बताएका छन् । अर्कोतर्फ खाना वस्न नपाउदा भोकमरी तथा रोकको संक्रमणबाट प्रभावित हुने देखिन्छ ।
प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडलले गृह मन्त्रालयले लग डाउनको समयमा कोहीलाई पनि नेपाल छिर्न नदिन परिपत्र आएको कारण नेपालमा सहज रुपमाल्याउने वातावरण नभएको बताए । तर पनि कसरी नेपाल वा भारतमा क्वारेन्टाइनमा व्यवस्थापन गर्ने बारेमा भारतिय सुरक्षाकर्मी र नेपालमा स्थानीय तहहरुसंग नियमित छलफल गरिरहेको उनले बताए ।
यता नेपाली कागे्रंस कपिलवस्तुले सिमानाकामा अलपत्र परेका नेपाली नागरिकलाई स्थानीय प्रशासनले क्वारेन्टाइनमा राखेर व्यवस्थापन गर्न माग गरेको छ ।
पार्टी सभापति सुरेन्द्रराज आर्चायले नेपाल सरकरले पानी परेको समयमा भौकै सिमामा नेपाल र भारत जान नपाएर विचमा अलपत्र नागरिलाई तत्काल बास बस्न र खाने व्यवस्था मिलाउन माग गरेका छन् ।
भोकमरीबाट बचेपछि सरकारको नियमअनुसार कोरोनाको चेकजांच र क्वारेन्टाइन समय पुरा गरेपछि घर फकर्ने व्यवस्था गर्न आचार्यले तत्काल सरकारसँग माग गरेका छन् ।
तपाईको प्रतिक्रिया