‘केपी ओलीबाट अब सरकार र पार्टी चल्दैन, राजीनामा दिनुपर्छ’

समाचार

7/1/2020

काठमाडौं, १७ असार । प्रधानमन्त्री केपी शर्मा ओली सरकार र पार्टी दुवै चलाउन असफल भइसकेकोले अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा दिन स्थायी कमिटी सदस्यहरुले माग गरेका छन् ।

प्रधानमन्त्री ओली आफ्नै पार्टीका नेताहरुको दबाबमा परेका छन् । उनले भारतले आफूलाई प्रधानमन्त्री पदबाट हटाउन लागेको भन्ने अभिव्यक्तिको तीव्र आलोचना भइरहेको छ ।

मंगलबारको सचिवालय बैठकमा १७ जनाले राजीनामा दिनुपर्ने भनेका थिए भने बुधबारको बैठकमा पनि स्थायी समिति सदस्यहरुले राजीनामाको माग गरेका छन् ।

सत्तारूढ नेकपाको जारी स्थायी कमिटीको पाँचौ दिनको बैठकमा बोल्ने नेताहरुले पनि प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।

प्रधानमन्त्री ओलीको अभिव्यक्ति र नेकपा एमाले पार्टी दर्ताका लागि निर्वाचन आयोगका परेको आवेदनको विषयमा केन्द्रीत रहेर स्थायी समिति सदस्यहरुले धारणा राखेका थिए ।

‘समस्या उहाँमा छ । जनअपेक्षाअनुसार काम गर्न सक्नु भएन । अरुका सुझाव सुन्नै नचाहने । यसरी सरकार चल्दैन । पार्टी पनि चल्दैन । अब राजीनामा दिएर माग प्रशस्त गर्नुस्,’ स्थायी समितिका सदस्यहरुले भनिरहेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ