कोभिड–१९ : बैशाख १५ सम्म लकडाउन

समाचार

4/14/2020

काठमाडौं, २ बैशाख । कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि सरकारले लकडाउन बैशाख १५ गतेसम्मका लागि लम्ब्याउने निर्णय गरेको छ ।

यसअघि सरकारले घोषणा गरेको लकडाउन भोली बैशाख ३ गते सम्पन्न हुनै लाग्दा नेपालमा कोरोना संक्रमितहरु बढ्दै गएकोले आज बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन १५ वैशाखसम्म लम्ब्याउने निर्णय गरेको हो ।

कोरोना नियन्त्रणका लागि सरकारले लकडाउन अझै कडा गर्नुका साथै सीमा क्षेत्रमा विशेष कडाई गर्ने निर्णय समेत भएको स्रोतले जनाएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्यामा १६ पुगेको छ । जसमध्ये एक जना उपचारपछि निको भएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ