वीरगंज १२ फागुन । हिन्दू परिषद् नेपालका केन्द्रीय अध्यक्ष सन्तोष पटेलले क्यान्सरभन्दा खतरनाक लभ जिहाद रहेको बताएका छन् ।
महोत्तरी जिल्लाका संचारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष पटेलले वर्तमान अवस्थामा देशको बिभिन भागमा सुनियोजित तरिकाले मुस्लिम युवाहरु हिन्दू दिदिबहिनीहरुको सिकार बनाइरहेको आरोप लगाएका छन् ।
‘विशेषगरी आर्थिक लोभ र प्रेमजालको माध्यमले पहाडी र हिमाली जिल्लामा व्यापक रुपमा हुँदैछ र तराईका जिल्ला पनि अछूतो छैन’, उनले भने ।
उनले लभ जिहाद गर्ने केटालाई पुरस्कृत गर्ने गरेको कुरा सुन्दा आफु आश्चर्यचकित भएको बताए । पटेलले भने, ‘त्यति मात्र कहाँ हो र चाइनीजले त प्रेम विवाह गरी चाइना लगेर देह व्यपार गराइरहेको तथ्य समेत मिडियामा सार्वजनिक भइसकेको छ ।’
सम्पूर्ण नेपाली दीदीबहिनीहरुलाई समयमा सजग र सतर्क हुन पटेलले आग्रह गरेका छन् । नेपाल सरकार र देशको जिम्मेवार राजनीतिक दलहरुलाई यस्ता विषय गम्भीर रुपमा लिन समेत आग्रह गरेका छन् ।
एक फरक प्रसंगमा उनले भने, ‘भारत, पाकिस्तान, बंग्लादेश, अफगानिस्तान, श्रीलंकाबाट नेपाल आउने रोहंगिया मुसलमान नेपालका लागी घातक रहेकोले समयमा नरोकिए राष्ट्रियताका लागि खतरा हुनेछ ।’
तपाईको प्रतिक्रिया