बाँके, ८ साउन । डुडुवा गाउँपालिका–१ होलीयाबाट ६५ सिसि नियन्त्रित लागूऔषध कोरेक्ससहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारत घर भएका २५ वर्षीय राज कुमार र ३२ वर्षीय आसिस अहिर रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले भारतबाट अबैध रुपमा ल्याउँदै गरेको उक्त परिमाणको लागूऔषध सहित उनीहरुलाई फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
तपाईको प्रतिक्रिया