काठमाडौं, २५ फागुन । कर्णाली प्रदेश सरकारले उत्तरी छिमेकी चीनसँगका सीमा नाका बन्द गर्ने निर्णय गरेको छ । चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि उत्तरतर्फका सीमा नाका बन्द गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को बैठकले चीनसँग सीमा जोडिएका हुम्लाको हिल्सा, डोल्पाको शे–फोक्सुण्डो र मुगुको धो–मोरिम्ला नाका बन्द गर्ने निर्णय गरिएको बताइन्
प्रदेश सरकारले पाँच वटा सीमा नाकामा हेल्पडेक्स राख्ने निर्णय गरेको छ । चीनसँगको सीमा हुम्लाको हिल्सा, प्रदेश पाँचसँगको सीमा सल्यानको कपुरकोट, सुर्खेतको बबई, सुदूरपश्चिमसँगको सीमा सुर्खेतको कुइने र सुर्खेत विमानस्थलमा हेल्पडेक्स र आवश्यक जनशक्तिको व्यवस्था गर्ने निर्णय गरेको छ ।
यस्तै कर्णाली प्रदेश अस्पताललाई क्वारेन्टाइन र आइसोलेसन कक्ष स्थापनाका लागि आवश्यक बजेट विनियोजन गर्ने निर्णय पनि प्रदेश सरकारले गरेको छ ।
तपाईको प्रतिक्रिया