काठमाडौं, ११ फागुन । चीनमा फैलिएको कोरोनाभाइरसका कारण रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) को पुनःनिर्माण सकिए पनि हस्तान्तरणमा ढिलाइ भएको छ ।
स्कुल पुनःनिर्माण सके पनि चिनियाँ सरकारी टोली अनुगमन गर्न आउन ढिलाइ हुँदा हस्तान्तरणमा विलम्ब भएको हो । चीनको वुहानबाट फैलिएको कोरोनाभाइरस प्रकोपका कारण अनुगमन टोली आउन समस्या भएको छ ।
माघ पहिलो साता नै भवन पुनःनिर्माण सम्पन्न भएको थियो । कोरोना भाइरस संक्रमण रोकिएपछि मात्र चिनियाँ सरकारी टोली आउने र त्यसपछि मात्र भवन हस्तान्तरण हुने बताइएको छ ।
चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको उक्त भवन हस्तान्तरणका लागि चिनियाँ टोली आउनुपर्छ तर कोरोना भाइरसले गर्दा टोली आउन सकेको छैन ।
तपाईको प्रतिक्रिया