जनकपुरधाम, ३० जेठ । भोरले कोरोनाको महामारी नियन्त्रणमा योगदान गर्ने व्यक्ति र संस्थालाई महानायक सम्मान प्रदान गर्ने घोषणा अनुरुप यस कार्यलाई चुस्त, निष्पक्ष र प्रभावकारी तवरले अगाडी बढाउन महानायक सम्मान प्रदेश स्तरीय आयोजन समिति गठन शुरु गरिएको छ ।
प्रदेश २ बाट उक्त महानायक सम्मान आयोजन समिति गठन प्रारम्भ गरिएको छ । क्रमशः बाँकी छ प्रदेशमा पनि उक्त प्रदेश स्तरीय आयोजन समिति गठन गरिने भोरका अध्यक्ष राजकुमार महतोले बताएका छन् ।
महानायक सम्मान प्रदेश २ स्तरीय आयोजन समितीमा तपसिल बमोजिमको आठ सदस्यहरु स्वंयसेवा भावले योगदान गर्न स्वीकार गरेका छन् ।
१. सप्तरीबाटः श्रवण देव
२. सिरहाबाटः सुनिल कुमार साह
३. धनुषाबाटः रिंकु मिश्र
४. महोत्तरीबाटः राजकरण महतो
५. सर्लाहीबाटः टंक क्षेत्री
६. रौतहटबाटः सन्नी यादव
७. बाराबाटः किस्मतीय राम
८. पर्साबाटः प्रकाश थारु
उक्त प्रदेश स्तरीय आयोजन समितीको कार्य विवरण तपसिल बमोजिमको रहेकोछ ।
१. कोरोना महासंकट निवारणमा उल्लेख्नीय योगदान गर्ने रियल हिरोहरुलाई प्रतिनीधिमुलक रुपमा प्रदान गरिने महानायक सम्मान समारोहको प्रदेश स्तरमा आयोजन, संयोजन तथा व्यवस्थापन सहितको विभिन्न पक्षमा नेतृत्व गर्ने ।
२. महानायक सम्मानका विभिन्न विधामा सम्मानीत हुने हिरोहरुको खोजी आफनो सम्बन्धित जिल्लाहरुमा समितीका सदस्यले नेतृत्वदायी भुमिका खेल्ने । संचार माध्यम, सामाजिक संजाल, डिजिटल, प्रत्यक्ष माध्यम वा अन्य माध्यमबाट नजरमा आउदै गरेका व्यक्ति वा संस्थाहरुको बिस्तृत जानकारीको नियमित अभिलेखन गर्दै जाने ।
३. कोरोनाको कहर समाप्त भई अवस्था सामान्य भए लगतै तयार गरीएको अभिलेखको आधारमा र थप खोजि गरी वास्तविक तथा उल्लेख्य योगदान गर्ने हिरोहरुको थप खोजी गरी विस्तृत अभिलेखिकरण गर्ने तथा सम्मानित गरिनु पर्ने व्यक्ति वा संस्थाको अन्तिम लिस्ट तयार पार्ने
४. कोरोनाको कहर समाप्त पछि प्रदेशको राजधानीमा प्रदेश सरकार, संचारकर्मी तथा अन्य महत्वपूर्ण व्यक्ति र संस्थाहरुको उपस्थितीमा भिड, सामाजिक दुरी तथा मितव्ययीतालाई मध्यनजर गरी महानायक सम्मान प्रदान समारोहको सृजनात्मक आयोजन तथा व्यवस्थापन कार्यको नेतृत्व गर्ने ।
५. महानायक सम्मान प्रदान समारोह आयोजन पश्चात उक्त प्रक्रियामा भएको खर्च तथा योगदान र सिकाई लाई सार्वजनिक गर्ने ।
कोरोनाको महामारी नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेलाई प्रोत्साहन र कदर स्वरुप सम्मान प्रदान गर्न लागिएको भोरले जनाएको छ । भोरले विभिन्न ३१ विद्या अन्तर्गत उक्त सम्मान वितरण गर्ने छ । उक्त सम्मान कोरोनाको महामारी सकिएपछि वितरण गरिनेछ ।
कोरोनाको महामारीबाट नेपाल मुक्त भएपछि विभिन्न प्रक्रियाबाट सम्मानित हुनेहरुको खोजी गरिने भोरका संस्थापक राजकुमार महतोले जानकारी दिए । उनले भने, ‘कोरोनाको महासंकटमा महामारीबाट बचाउन साहसी र उदाहरणीय कार्य गर्नेहरुलाई हामी सम्मान गर्छौ ।’
कोरोनाको महामारी भएको बेला सम्मानको उद्घोष गर्दा उनीहरुलाई हौसला मिल्ने र कोरोना विरुद्धको लडाईमा योगदान गर्न उर्जा मिल्ने विश्वास रहेको भोरका अध्यक्ष पचुलाल माझी मुसहरले बताए ।
महानायक सम्मान अन्र्तगत ३१ प्रस्तावित विधाहरुमा प्रदान गरिनेछ ।
१. स्थानीय सरकार – सात (प्रत्येक प्रदेशबाट एक)
२. प्रदेश सरकार – एक
३. संघीय मन्त्रालय – एक
४. डाक्टर – सात (प्रत्येक प्रदेशबाट एक)
५. नर्स – सात (प्रत्येक प्रदेशबाट एक)
६. प्यारामेडिक्स – सात (प्रत्येक प्रदेशबाट एक)
७. डायगोनोष्टिक – सात (प्रत्येक प्रदेशबाट एक)
८. जनस्वास्थ्यकर्मी – सात (प्रत्येक प्रदेशबाट एक)
९. क्वारेन्टाइन व्यवस्थापन – सात (प्रत्येक प्रदेशबाट एक)
१०. प्रयोगशाला व्यवस्थापन – सात (प्रत्येक प्रदेशबाट एक)
११. आइसोलेसन व्यवस्थापन – सात (प्रत्येक प्रदेशबाट एक)
१२. कन्टायक्ट ट्ेसिङ्ग व्यवस्थापन – सात (प्रत्येक प्रदेशबाट एक)
१३. एमबुलेन्स चालक – सात (प्रत्येक प्रदेशबाट एक)
१४. प्रमुख जिल्ला अधिकारी – सात (प्रत्येक प्रदेशबाट एक)
१५. अभियन्ता – सात (प्रत्येक प्रदेशबाट एक)
१६. उद्धारकर्ता – सात (प्रत्येक प्रदेशबाट एक)
१७. नेपाल प्रहरी – सात (प्रत्येक प्रदेशबाट एक)
१८. सशस्त्र प्रहरी – सात (प्रत्येक प्रदेशबाट एक)
१९. नेपाली सेना – सात (प्रत्येक प्रदेशबाट एक)
२०. सरकारी अस्पताल – सात (प्रत्येक प्रदेशबाट एक)
२१. नीजि अस्पताल – सात (प्रत्येक प्रदेशबाट एक)
२२. संचारकर्मी – सात (प्रत्येक प्रदेशबाट एक)
२३. दानवीर – सात (प्रत्येक प्रदेशबाट एक)
२४. एनआरएन – सात (प्रत्येक प्रदेशबाट एक)
२५. सिनेकर्मी – सात (प्रत्येक प्रदेशबाट एक)
२६. सचेतना सामाग्री प्याकेज – सात (प्रत्येक प्रदेशबाट एक)
२७. सरसफाई कर्मचारी – सात (प्रत्येक प्रदेशबाट एक)
२८. राष्ट्रिय गैरसरकारी संस्था – सात (प्रत्येक प्रदेशबाट एक)
२९. अन्तरराष्ट्रिय गैर सरकारी संस्था – सात (प्रत्येक प्रदेशबाट एक)
३०. साझेदार निकाय (इडिपी)– सात (प्रत्येक प्रदेशबाट एक)
३१. क्यारेन्टाइनको लागि आवास उपलब्ध गराउने व्यक्ति र संस्था – सात (प्रत्येक प्रदेशबाट एक)
तपाईको प्रतिक्रिया