करेन्ट लागेर किशोरको मृत्यु

समाचार

7/18/2020

कैलाली, ३ साउन । गोदावरी नगरपालिका–५ स्थित गेटामा निर्माण भइरहेको मेडिकल कलेजमा मजदुरी गर्ने कञ्चनपुर कृष्णपुर नगरपालिका–७ बस्ने १७ वर्षीय रबिन्द्र बमको करेन्ट लागेर मृत्यु भएको छ ।

शुक्रबार दिउँसो रड काट्ने मेसिन साईड लगाउने क्रममा करेन्ट लागेर अशक्त भएका उनको धनगढीस्थित नोभा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ