कैलाली, १२ साउन । गोदावरी नगरपालिका–४ बस्ने ३० वर्षीय पुल सिंह कास्याबको करेन्ट लागेर आइतबार मृत्यु भएको छ ।
आफैले संचालन गरेको वेल्डिङ पसलमा काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको पद्मा अस्पताल अत्तरियामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया