करेन्ट लागेर युवकको मृत्यु

समाचार

7/29/2020

मोरङ, १४ साउन । बुढीगंगा गाउँपालिका–३ बाँसबारी चोकस्थित करेन्ट लागेर विराटनगर महानगरपालिका–११ बस्ने ३६ वर्षीय गोपाल कामतको बुधबार बिहान मृत्यु भएको छ ।

सोही ठाउँस्थित गुप्ता होटल र मिस्ठान पसल अगाडि टेन्ट लगाउने क्रममा विद्युत प्राधिकरणको हाईटेन्सन लाईनमा छुन गई करेन्ट लागेर गम्भीर घाइते भएका उनको विराट मेडिकल कलेज गंगा चोकमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ