करेन्ट लागेर युवकको मृत्यु

समाचार

6/19/2020

कपिलवस्तु, ५ असार । महाराजगंज नगरपालिका–११ चौहट्टा बस्ने २३ वर्षीय सुरज कुमार भरको करेन्ट लागेर बिहीबार साँझ मृत्यु भएको छ ।

छिमेकीको घरमा पंखा बनाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि जिल्ला अस्पताल तौलिहवातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ