विराटनगर, १५ साउन । कोरोना भाइरस (कोभिड–१९) कारण एक जनाको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
उनलाई विराटनगरबाट धरान रेफर गरिएको थियो । कोरोनाका कारण मृत्यु भएका व्यक्ति मोरङको सुनवर्षी नगरपालिकाका हुन् ।
ज्वरो र श्वाश्प्रश्वासमा समस्या भएपछि मंगलबार कोसी अस्पतालको फिभर क्लिनिकमा जाँच गर्न आएका उनको स्वाब संकलन पश्चात कोसी अस्पतालकै आइसोलेसनमा भर्ना भएका थिए । बुधबार बिहान उनको रिपोर्ट पोजेटिभ आएको थियो ।
तपाईको प्रतिक्रिया