कोरोनाबाट जोगिन प्रदेश २ सरकारको तयारी

समाचार

3/4/2020

जनकपुरधाम, २१ फागुन। विश्वव्यापी रुपमा फैलँदै गएको कोरोना भाइरस नियन्त्रणका लागि प्रदेश २ सरकारले सतर्कता अपनाएको छ ।

प्रदेशका समाजिक विकास मन्त्रालयमातहत रहेको स्वास्थ्य निर्देशनालयलले प्रदेशका ८ वटै जिल्लाको सीमावर्ती क्षेत्रमा हेल्थ डेक्स सञ्चालनमा ल्याएको छ । पर्साको वीरगन्ज, धनुषाको जटही, महोत्तरीको भिठ्ठामोड, सर्लाहीको सोनबरसा, सिरहाको सिंग्याही मडानलगायत नाकामा हेल्थडेक्स सञ्चालन गरिएको स्वास्थ्य निर्देशक हरिचरण साहले बताए ।

त्यसैगरी, प्रदेश सरकारमातहत रहेका ११ वटा अस्पतालहरूले कोरोना संक्रमण भएका शंकास्पद व्यक्तिको निगरानीका लागि आइसोलेसन वार्ड सञ्चालन गरेको उनले बताए ।

बाहिरबाट आउने शंकास्पद व्यक्तिलाई बोर्डमा समान्य जाँज गरी निगरानीका लागि नजिकको अस्पतालमा राख्ने तथा १४ दिनको निगरानीपश्चात् स्वास्थ्य समान्य नभए उनीहरुको रगतको नमुना संकलन गरी काठमाडौं पठाइने तयारी गरिएको निर्देशक साहले बताए । कोरोना भाइरस संक्रमणबाट बच्न पूर्वतयारी तथा नियन्त्रणको विषयमा मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा सरोकारवाला निकायसँगको छलफलसमेत भएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ