कपिलवस्तु, ८ चैत । नेपाली कांग्रेस जिल्ला कार्य समिति कपिलवस्तुले विश्वमा महामारीको रुपमा फैलिइरहेको नोवेल कोरोना भाइरसबाट बच्न आम नागरिलाई सावधानी भई सचेत रहन आग्रह गरेको छ ।
पार्टीको जिल्ला कार्यालयमा आयोजित बैठकबाट कोरोना भाइरसबाट बच्नका लागि सावधानी अपनाउने सूरक्षा शिक्षा दिन कार्यकर्तालाई खटाइने समेत निर्णय गरिएको जिल्ला सभापति सुरेन्द्रराज आचार्यले बताए ।
साबुन पानीले हात धुने, भिडभाडमा नजाने अत्यावश्यक परेको बेला मात्र घरबाट बाहिर निस्कन अपिल समेत गरेको छ ।
त्यसको लागि पार्टी नेता कार्यकर्ता, तरुण विद्यार्थीहरुलाई जो जहां छ त्यहींबाट परिचालन गर्ने निर्णय गरेको छ ।
साथै विपदको समयमा हुने कालोबजारी, तस्करी लगायतका अमानवीय कारोबारमा संग्लन जो कोहीलाई कारवाहीको दायरामा ल्याउनका लागि स्थानीय प्रशासनको सहयोगमा काम गर्नेसमेत पार्टीले जनाएको छ ।
कृत्रिम रुपमा बजारमा अभाव सिर्जना गर्ने पक्षहरुलाई तत्काल अनुगनको आधारमा कारवाही गर्न सहयोग गर्ने समेत पार्टीले जनाएको छ ।
विश्वमा नै समस्या परेको यो अवधिमा धैर्य धारणका साथ सावधानी अपनाउनका साथै सरकारलाई उपचार तथा सरसफाई जन्य साम्रगी उपलब्ध गराउन समेत काग्रेसले आग्रह गरेको छ ।
विदेशमा रहेका आमनेपालीहरुमा समेत सचेत र स्वास्स्थयमा विशेष ध्यान दिनका लागि आग्रह गरिएको छ ।
साथै पार्टीको क्रियाशिल सदस्यता नविकरण ,वितरण जस्ता नियमिति कामहरु गाउं तथा नगर इकाइ र वडा समतिले गर्ने जनाइएको छ ।
पार्टीका समारोह र सभाहरु हाललाई स्थगित समेत गरिएको बैठकपछि जिल्ला सभापति आचार्यले संचारकर्मीहरुलाई बताए ।
तपाईको प्रतिक्रिया