काठमाडौं, ५ चैत । राजपा नेपालले कोरोना भाइरसबाट बच्न सचेत र सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।
सो पार्टीले एक प्रेस विज्ञप्ति जारी गर्दै विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट सतर्क र सजग रहन आग्रह गर्दै त्यसका लागि चिकित्सक, स्वास्थ्यकर्मीहरुको सल्लाह अनुसरण गर्न अपिल गरेको छ ।
विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको उच्च जोखिममा नेपाल पनि रहेको छ, त्यसका लागि सतर्कता अपनाउनका लागि आग्रह गरेको छ ।
संकटको यस घडीमा संघ, प्रदेश सरकार र पालिकाहरुको लागि समेत चुनौती भएकाले सबै नागरिकहरु एकजुट भइ संकटको सामना गर्न राजपा नेपालले आग्रह गरेको छ ।
विद्यालय, बढी आवतजावत हुने स्थान, भिडभाड जस्ता कार्यक्रमहरुमा सचेतनाका साथ उपस्थित हुने र संघीय सरकारसँग निरन्तर समन्वय र सहकार्य गरी अगाडि बढ्न आग्रह गरेको छ ।
विश्वव्यापी संकटको अवस्थामा अस्पतालहरुमा संकटकालिन व्यवस्थापन र जनतामा जनचेतनाको लागि सही जानकारी सम्प्रेषित गरी अनावश्यक सन्त्रास फैलिन नदिन सचेत रहन पनि विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।
तपाईको प्रतिक्रिया