कोरोनाविरुद्धको युद्धमा नेपालको साथमा छौं : मोदी

समाचार

4/23/2020

काठमाडौं, ११ बैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस (कोभिड–१९) महामारीविरुद्धको युद्धमा आफ्नो देश नेपालको साथमा रहेको बताएका छन् ।

बुधबार साँझ ट्विटमार्फत भारतीय प्रधानमन्त्री मोदीले नेपाल र भारतबीच विशेष सम्बन्ध रहेको उल्लेख गर्दै कोरोना महामारीसँगको युद्धमा भारत नेपालको साथमा रहेको बताएका हुन् ।

त्यसअघि भारत सरकारले नेपाललाई २३ टन औषधि उपलब्ध गराएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ