काठमाडौं, १७ चैत । संक्रमितको संख्या बढेसँगै कोरोना (कोभिड–१९) भाइरसविरुद्धको लडाइँमा भारत एउटा गम्भीर मोडमा छ ।
संक्रमणविरुद्धको लडाइँमा स्वास्थ्यकर्मी हिम्मतसाथ अग्रमोर्चामा उभिएका छन् । केहीले त भारतले ‘जित्नै नसक्ने युद्धमा होमिनुपरेको’ टिप्पणीसमेत गरेका छन् ।
कोरोना नियन्त्रण गर्न अझै पनि भारतसँग समय रहेको भन्दै त्यसको सदुपयोग गर्न केही विज्ञले सुझाब दिएका छन् । वेलैमा नियन्त्रणमा लिन नसके लाखौँ भारतीयको जीवन जोखिममा रहने उनीहरूको चेतावनी छ ।
अमेरिका र इटालीमा जस्तै महमारीको स्वरूप लिएमा त्यसको सामना गर्न देशको स्वास्थ्य प्रणाली असमर्थ हुने भन्दै धेरैले चिन्ता व्यक्त गर्न थालेका छन् ।
देशको कुल जनसंख्याको १० प्रतिशत मात्र संक्रमित भएमा १३ करोड जनसंख्या अस्पताल पुग्नुपर्ने र त्यसका लागि राज्यले निकै तयारी गर्नुपर्ने विज्ञहरूले अनुमान गरेका छन् ।
चिकित्सक, नर्स, औषधि व्यवसायी, प्रहरी, पाइलट, रेलका कर्मचारी र सरसफाइमा संलग्न व्यक्तिले कोरोनाविरुद्धको महाअभियानमा हरेक दिन आफ्नातर्फबाट महत्वपूर्ण योगदान दिँदै आएका छन् । र, मेडिकल कर्मचारी यस प्रयत्नको सबैभन्दा अग्रमोर्चामा छन् ।
कोरोना परीक्षणका लागि भारतले निजी ल्याबलाई अनुमति दिएको छ र ल्याबका केही प्राविधिकलाई तालिम प्रदान गरेको छ ।
तपाईको प्रतिक्रिया