कोरोनाविरुद्धको लडाइँमा स्वास्थ्यमोर्चाको अग्रपंक्ति सम्हाल्ने विश्वका पाँच महिलामा डा.रुना झा

समाचार

5/2/2020

काठमाडौं, २० बैशाख । कोरोना भाइरसबिरुध्द लडाइँमा स्वास्थ्यमोर्चाको अग्रपंक्ति सम्हाल्ने बिश्वका पाँच महिलामध्ये नेपालकी डा.रुना झा पनि संयुक्त राष्ट्रसँघीय महिला (युएन वुमन) द्वारा छानिएकी छन् ।

नेपालको एकमात्र आधिकारिक सरकारी प्रयोगशाला (टेकू) मा बसेर उनले दिनको औसत ७० बिरामीका स्वास्थ्य परीक्षण रिपोर्ट टुङ्गो लगाउँछिन् ।

उनले नेपाललाई कोरोनामुक्त बनाउनको लागि सबैले मिलेर काम गर्नुपर्ने र आफूले पनि यही कामना गरेको बताउँछिन् ।

उनी भन्छिन्, ‘सबैले मास्क प्रयोग गरौं । विशेषतः रुघाखोकी लागेकाहरुले झनै यसको प्रयोग गर्न जरुरी छ । लगातार साबुन पानीले हात धुनुपर्छ ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ