कोरोनासँग लड्न कोभिड–१९ सार्क आपतकालीन कोष स्थापना गर्न मोदीको प्रस्ताव

समाचार

3/15/2020

काठमाडौं, २ चैत । विश्वमाथि नै तीव्ररुपमा त्रास उत्पन्न गरिरहेको चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) सँग लड्नका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रहरुमाझ कोभिड–१९ सार्क आपतकालीन कोष स्थापना गर्ने प्रस्ताव राखेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्ध साझा रणनीति तय गर्न आफ्नो पहलमा गरेको सार्कका राष्ट्र तथा सरकार प्रमुखहरुको भिडियो कन्फ्रेन्समा सो प्रस्ताव राखेका हुन् ।

सार्क आपतकालीन कोषमा भारतले तत्काल १० मिलियन अर्थात एक करोड अमेरिकी डलर दिने भारतका प्रधानमन्त्री मोदीले घोषणा समेत गरे ।

कोषमा जम्मा भएको रकम आपतकालीन कार्यमा जुनसुकै देशले प्रयोग गर्न सक्ने मोदीले कन्फरेन्समा बताए ।

महामारीजन्य रोगमा अनुसन्धान गर्न साझा मञ्च बनाउनुपर्ने भन्दै मोदीले भारतको मेडिकल रिसर्च काउन्सिलले पनि समन्वय गर्नसक्ने बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ