टीकापुरमा कोरोना जाँच सुरु

समाचार

3/5/2020

कैलाली, २२ फागुन । कोरोना भाइरस संक्रमण (कोभिड–१९) बाट बच्न उच्च सतर्कता अपनाउँदै टीकापुर नगरपालिका–९ खक्रौला नाकामा हेल्थ डेस्क राखेर जाँच सुरु भएको छ ।

टीकापुर नगरपालिका जनस्वास्थ्य प्रवद्र्धनशाखाको समन्वय तथा प्रदेश सरकारको सहयोगमा नाकाबाट आउ(जाउ गर्नेमध्ये सम्भावित संक्रमित पत्ता लगाउन स्क्यानर मेसिन राखिएको जनस्वास्थ्य प्रवद्र्धनशाखा संयोजक बलबहादुर रावलले बताए । भारतबाट आउनेहरुलाई लक्षित गर्दै नाकामा जाँच सुरु गरिएको रावलले बताए ।


खक्रौलाको हेल्थ डेस्कमा जाँच गर्दा शंका लागेका बिरामीलाई राख्न टीकापुर अस्पतालमा छुट्टै आइसोलेसन वार्डको व्यवस्था गरिएको छ । प्रदेशको परिपत्रपछि अस्पतालले दुई वटा बेडसहितको आइसोलेसन वार्ड राखेको अस्पतालका अध्यक्ष दिपक रावलले जानकारी दिए । टीकापुरको उक्त नाकाबाट अहिलेसम्म त्यस्ता बिरामी फेला नपरेको हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मी मकेन्द्र रोकायाले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ