कोरोना नियनत्रणका लागि वीरगञ्ज महानगरले ५ लाख खर्च गर्ने

समाचार

3/21/2020

वीरगञ्ज, ८ चैत । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भित्रिन नदिन वीरगञ्ज महानगरपालिकाले ५ लाख रुपैयाँ खर्च गर्ने भएको छ ।

भारतको विभिन्न राज्यमा कोरोनाको संक्रमण बढीरहँदा नेपालको मुख्य प्रवेशद्वारको रुपमा रहेको वीरगञ्ज यसको संक्रमणबाट अझ धेरै जोखिममा छ ।

कोरोना भित्रिन नदिन आवश्यक क्रियाकलाप सञ्चालन गर्न ५ लाख बजेट विनियोजन गरिएको वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले जानकारी दिए ।

सरोकारवालाको बैठकले कोरोना भाइरसको संक्रमणलाई भित्रिन नदिन वीरगञ्ज महानगरपालिकामा ६० सदस्यीय समन्वय समिति गठन गरेको छ ।

नगर प्रमुख सरावगीकोे संयोजकत्वमा समन्वय समिति गठन गरेको हो । समितिमा महानगरपालिकाका सबै वडा अध्यक्ष, वीरगञ्ज स्थित अस्पतालका प्रमुख, विभिन्न गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधी र समाजसेवी सदस्य रहेका छन् ।

समितिले संक्रमण भित्रिन नदिन सीमाक्षेत्रमा भएका क्रियाकलापको अनुगमन गर्नुको साथै संक्रमणबाट बच्ने उपायका बारेमा सर्वसाधरणलाई सचेत बनाउने काम गर्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ