किराना पसलमा आगलागी हुँदा ६ लाखको क्षति

समाचार

3/17/2020

धनुषा, ४ चैत । कमला नगरपालिका–६ सखुवामडान बस्ने बिजय महतोको किराना पसलमा बिद्युत सर्ट भई आगलागी भएको छ ।

मंगलबार बिहान आगलागी हुँदा करिब ६ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ