काठमाडौं, ८ जेठ । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य गगन थापाले कृषि टेलिभिजनद्वारा ‘कोरोना बिर्साउने गफगाफ’ शीर्षकमा प्रसारित कार्यक्रमप्रति आपत्ति जनाएका छन् ।
नेता थापाले ‘कृषि टेलिभिजनद्वारा ‘कोरोना बिर्साउने गफगाफ’ शीर्षकमा प्रसारित कार्यक्रम सामाजिक सञ्जालमा आएपछि हेरेँ । यो आपत्तिजनक छ ।’ भनेका छन् ।
उनले भनेका छन्, ‘कार्यक्रममा प्रयोग भएका शब्द, विषयवस्तु र हाउभाउ लगायतले सिङ्गो मधेशी समुदाय मात्र होइन सबै नेपाली आत्मसम्मानमा ठेस र्पुयाएको छ र श्रम गर्नेहरूको अपमान गरेको छ ।’
उनले कुनै पनि वर्ग, जाति, समुदायलाई बोलेर, लेखेर वा सांकेतिक रूपमा समेत होच्याउने, अपमानजनक र भेदभावपूर्ण व्यवहार गर्ने, श्रमप्रति अवहेलना गर्ने कुरा नेपालको संविधान र कानुन विपरीत रहेको उल्लेख गरेका छन् । ‘यस सन्दर्भमा सम्बन्धित निकायको ध्यान जाओस् ।’ उनले भनेका छन् ।
तपाईको प्रतिक्रिया