कोरोना भाइरसविरुद्धको भारतीय लडाइँमा ऐक्यवद्धता

समाचार

4/6/2020

काठमाडौं, २४ चैत । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिम रोक्न भारतले गरेको पहलमा नेपालमा पनि दिपावली गरेर ऐक्यवद्धता गरिएको छ ।

कोरोना भाइरसविरुद्धको लडाइँमा ऐक्यवद्धता जनाउन नेपालका विभिन्न स्थानहरुका ऐक्यवद्धता जनाइएको हो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार राति ९ बजे देखि ९ मिनेटसम्म बिजुली बत्ती बन्द गरेर दियो, मैनबत्ती, टर्च तथा मोवाइलको फ्लास बाल्न आह्वान गरिएको थियो ।

उनको आह्वानलाई समर्थन गर्दै नेपालमा पनि स्वागत गरी बिजुली बत्ती बन्द गरेर दियो, मैनबत्ती, टर्च तथा मोवाइलको फ्लास बालिएको थियो ।

कोरोना भाइरसविरुद्धको लडाईंमा ऐक्यवद्धता जनाउनका बत्ती निभाएर दिप प्रज्वलन गर्न भारतीय प्रधानमन्त्री मोदीले देशबासीलाई अपिल गरेका थिए ।

त्यसै क्रममा नेपालमा पनि दिप प्रज्वलन गरिएको हो । प्रधानमन्त्री मोदीले यसकार्यबाट मानिसहरुमा जनचेतना फैलने र लकडाउनका कारण घरमा बसिरहेका मानिसहरुलाई एक्लोपन महशुस नहुने बताएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ